२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सबै जाति एकै ठाउँमा भएको मन नपराउनेहरुको मन भतभति पोलिराखेको छ : अध्यक्ष ओली

२३ भदाै, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको दावी गरेका छन् ।

एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै उहाँले सबै जातको रंगीन फूलबारी भएको समाज देख्दा उनीहरुको मन पोलिरहेको बताए । सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको छ उनले भने ।

कार्यक्रममा ओलीले २०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग सुनाए । अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न नसकिने ओलीले बताए ।

उनले भने,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउनेहरु, सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकै ठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छँदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन्, उनले भने ।’

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १६:३४