१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डलरको भाउ हालसम्मकै उच्च, नेपाली रुपैयाँ कमजोर बन्दै


२२ भदाै, काठमाडाैं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको छ।  यस्तै, खरिददर पनि १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । यसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।

डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। भने रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।  निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १०:१३