९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

२२ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएकाे छ । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको थियो ।

प्रकाशित मिति : September 8, 2023 at 9:30 am