६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लगातार घट्दै सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

२१ भदाै, काठमाडाैं । साताकाे पाँचाै काराेबारकाे दिन बिहीबार पनि  नेपाली बजार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ११:०२