१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एसिया कप खेलेर फर्किएको नेपाली टोलीलाई विमानस्थलमा बाजागाजासहित भव्य स्वागत


२० भदाै, काठमाडाैं । एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ। नेपालले एसिया कप २०२३ मा विश्व क्रिकेटका नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो।

एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १५:०५