६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२० भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ११:१२