१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पानी ट्यांकरको ठक्करबाट नुवाकोट ककनीका सिंहबहादुर लामाको  मृत्यु 

१५ कात्तिक, काठमाडौं। काठमाडौंको नयाँबजारस्थित धारा गल्ली नजिकै गएराति पानी ट्यांकरको ठक्करबाट नुवाकोट ककनी घर भएका सिंहबहादुर लामाको मृत्यु भएको छ । राती साढे २ बजे बा २ ख ९६५० नम्बरको पानी ट्यांकरको ठक्करबाट पैदलयात्री ४५ वर्षीय  लामाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका लामाकाे उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा अाज बिहान  मृत्यु भएको हो । दुर्घटना पश्चात फरार ट्याङकर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13:19