६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

१९ भदाै, काठमाडौं। सताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लो काराेबारकाे दिन सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख १३ हजार रुपैयाँ र तेजावी सुन प्रतिताेला १ लाख १२ हजार ४५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार ११:२६