आइएमई लाइफसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?
१८ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०४ अकंले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको छ । सोमबार २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँकाे काराेबार भएकाे छ ।
आज सेयर बजारमा सुधार आउँदा आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५ करोड २८ लाख ८४ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड १९ लाख ५९ हजार रुपैयाँ, नबील बैंकको ३ करोड ८५ लाख रुपैयाँ, सोल्टी होटलको ३ करोड ३८ लाख ७६ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको २ करोड ६४ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:२३












