माईखोला हाइड्रोले हकप्रद प्रस्तावसहित बोलायो साधारणसभा
१८ भदाै, काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाे सभा असोज ९ गते काठमाडाैंकाे धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा आह्वान गरेको हो । सभामा कम्पनीले १:१ अर्थात १०० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी ३१ करोड २१ लाख रुपैयाँ रहेको छ । साथै, कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डाहरु पेश हुने जनाइएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज १ गते बुकक्लोजको मिति तोकेको छ । यसको अर्थ भदौ मसान्तसम्म कायम सेयरधनीहरूले सो सभामा सहभागी हुन पाउनेछन् ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ११:११












