डिएसपी डिएन ज्ञवालीको कमाण्डमा चोरीको २४ मोटरसाईकल समातियो
१४ कात्तिक, चितवन । पूर्वी चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाईकल एक साथ सार्वजनिक गरिएको छ । चोरीका कारण मोटरसाईकलहरु हराउने क्रम बढेपछि यस क्षेत्रमा प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटर साईकलहरु नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञवालीले विशेष चेकिङ्गको क्रममा र सुराकीका आधारमा तीन महिनाको अवधिमा २४ वटा मोटरसाईकल वरामद गरेको जानकारी दिए ।
“यहाँ म सहित यस कार्यालयमा सम्पूर्ण नयाँ टिम आएको थियो उनले भने यहाँ विविध अपराधिक क्रियाकलापसगैँ चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेशन चलाउदा यस्तो भेटिएको हो ।” उनले जिल्ला प्रहरी कार्यालय चितवनको चोरीका घटना नियन्त्रण अभियानलाई सफल बनाउन समेत टाडीँ प्रहरीको टिम हासिल गरेको उपलब्धी मिलेको विश्वास व्यक्त गरे ।
रत्ननगर टाडीँको क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाचँ गर्दा बजाज व्राण्डका पल्सर मोटरसाईकलहरु बढी चोरीका भेटिएको उनले बताए । सोही अवसरमा कार्यालयले तीन महिनाको अवधीमा हासिल गरेको उपलब्धी समेत सार्वजनिक गरिएको थियो ।
प्रहरीले नेपाल मावि पछाडी वेवारिसे अवस्थामा १७ किलो चरेशसमेत वरामद गरेको छ । चोरीका विभिन्न घटनामा संकलनहरुलाई कानुनी दायरामा समेत ल्याईएको छ । ज्यान मार्ने उद्योग, जबरजस्ती करणीका घटनामा संलग्नलाई पक्राउ गरि कानुनी कार्वाही अगाडी बढाईएको प्रहरी निरीक्षक उमेशमान अमात्यले बताए ।
यस्तै बालयौन दुरुपयोगको घटनामा संलग्न, बालविवाह संलग्न, विभिन्न समयमा लागुऔषध कारोबार गर्ने व्यक्तिहरु समेत पक्राउ गरि कानुनी कार्वाही गरिएको कार्यालयले जनाएको छ । भने यसैगरि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारी साधन समेत नियन्त्रणमा लिई कार्वाही गर्न कार्यालय सफल भएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार २१:१७