३ असार २०८१, सोमबार | Mon Jun 17 2024

भदौको पहिलो सातासम्म बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न


१४ भदौ, मकवानपुर । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए । प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १४:५४