६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

निरन्तर बढ्दै सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१४ भदाै, काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर बढ्दै गएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनकाे मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार ११:४४