१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

माथिल्लो तामाकोसीको सेयर बाँडफाँड, स्थानीयले न्युनतम ३० देखि १०२ कित्तासम्म पाए

१४ कात्तिक,काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयबासिन्दालाई निष्कासन गरिएको सेयर बाँडफाँड गरिएको भएको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले न्युनतम ३० देखि अधिकतम १०२ कित्तासम्म पाएका छन् । आयोजनाबाट अतिप्रभावित स्थानियबासिन्दाले क वर्गले १०२, प्रभावित ख वर्गले ४८ र कम प्रभावित ग वर्गले ३४ कित्तासम्म सेयर पाएका हुन् ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १०० रुपैयाँ अंकित दरको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार किता साधारण सेयर निष्कासन गरेको थियो । आयोजना अति प्रभावित “क” वर्गमा कूल ५ हजार ५० जना आवेदक मार्फत १३ लाख ८८ हजार ३०० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।

यस्तै आयोजना प्रभावित “ख” वर्गमा ८१ हजार २४२ जना आवेदकहरु मार्फत १ करोड २७ लाख ८१ हजार २९० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो । दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा १ लाख ८९ हजार ९२३ जना आवेदकहरु मार्फत २ करोड ३५ लाख ४२ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

कुल २ लाख ७६ हजार २१५ स्थानिय बासिन्दाहरुबाट ३ करोड ७७ लाख ११ हजार ९६० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १७:५२