६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बुधबार पनि बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१३ भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पिन सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ११:३०