१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

किसान माइक्रोफाइनान्सको हकप्रद सेयर मंसिरमा  निष्कासन हुँदै

१४ कार्तिक,काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन बन्द पुस ८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि संस्थाको चुत्तापुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्ने छ । कात्तिक १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १२:४८