लक्ष्मी सनराइज बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
११ भदाै, काठमाडौं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०९ अकंले बढेर १९९८.४८ बिन्दुमा बन्द भएको छ । आज ९८ करोड ८६ लाख २८ हजार रुपयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८७ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ४ करोड ९८ लाख ७ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख ८८ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको २ करोड ५१ लाख ९८ हजार रुपैयाँ र शिवम् सिमेन्ट्सको २ करोड ४४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १५:२४












