सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा
१० भदाै, काठमाडाैं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
सिटिजन्स क्यापिटलकाे भदाै ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
त्यसैगरी, फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै १९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । यसर्थ भदाै १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:२९












