१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब २० करोडको कारोबार

३० पुस, काठमाडाैँ। लगातार दाेस्राे दिन पनि नेपाल स्टक एकसचेञ्ज नेप्सेमा सामान्य सुधार देखिएकाे छ। आज बुधबार सेयर बजार मापक नेप्से परिसूचक १.५२ अंकले बढेर २६ सय ४१ दशमलव ४३ बिन्दुमा रोकिएको छ।

बजार सामान्य अंकले बढे पनि सेयर काराेबारमा भने गिरावट आएकाे छ। आज ३२० कम्पनीकाे १ कराेड २५ लाख ४ हजार ९७० कित्ता सेयर खरिदबिक्रि हुँदा ६ अर्ब २० कराेड ९४ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ बराबरको कारोबार भएको थियाे ।

आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।

१२५ कम्पनीकाे सेयर मूल्य बढेकाेमा यसदिन सुपर मादी हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ९.९४ र थ्रिस्टार हाइड्राेपावरकाे सेयर मूल्य ८.२३ प्रतिशतले बढेकाे छ।

प्रकाशित मिति : 15:43