विद्युत नियमन आयोगबाट दुई कम्पनीले पाए हकप्रद निष्काशन स्वीकृति
१० भदाै, काठमाडाैं । विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएकाे छ । विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन्।
आयोगले आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ । कम्पनीलाई ८० करोड रुपैयाँको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हाे ।

त्यस्तै, आयोगले ङादी ग्रुप पावरलाई हाल कायम चुक्ता पूँजीकाे १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति दिएको हाे । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:१४












