२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

कतिले पाउँछन् भगवती हाइड्रोपावरकाे आईपीओ ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ७७ करोड ५२ लाख २३ हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएससीका अनुसार भदौ ८ गते अन्तिम दिन साँझ ५ बजेसम्ममा कुल १३ लाख ८८ हजार ११५ जना आवेदकले १ करोड ५३ लाख ३ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २१.४८ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७१ हजार २२२ जनाले १० कित्ता सेयर हात पार्नेछन् । भने १३ लाख भन्दा बढी आवेदकको हात खाली हुने भएको छ ।

कम्पनीले भदौ ५ गतेदेखि जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रकाशित मिति : 10:06