२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छः केपी ओलीको

८ भदाै, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गर्दा कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेकाे अचम्म लागेको बताए ओलीले बताए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत उनले आरोप लगाएका छन् । देशको आर्थिक विकासका लागि दलहरू मिल्नु पर्ने उनको भनाइ छ । उनले गिरीबन्धु टी स्टेटको कुरा निकालेर सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताए ।

प्रकाशित मिति : August 25, 2023 at 3:36 pm