२ लाख घुससहित सिराहा नापी कार्यालयका नापी सर्वेक्षक पक्राउ
१३ कात्तिक,सिरहा । सिराहाका नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय टोलीले पक्राउ गरेको हो ।

टोलीले चौधरीलाई घुसवापत २ लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट अाज दिउँसो पक्राउ गरेको हो ।
प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १५:५३












