११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सर्लाहीमा एक जनाकाे गाेली हानी हत्या

१३ कात्तिक, सर्लाही । सर्लाहीको रामनगरमा आजबिहान नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एक कांग्रेस समर्थकको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुअर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बिहान ८ बजे भएको घटनामा महतोको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रतिकात्मक तस्बीर ।

अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मृतक महतो रामनगर गाउँपालिका ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्। वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ। सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो।

प्रकाशित मिति : October 30, 2018 at 3:04 pm