२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राजनीतिक दबाबले अदालत, अख्तियार र सिआईबीलाई काम गर्न दिइएनः याेगेश भट्टराई

६ भदाै, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको आरोप लगाएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै उनले दलहरूबीच उच्चस्तरीय छानविन आयोग बनाउने सहमतिको स्वागत गर्दै भ्रष्टाचार प्रकरणमा अदालत, अख्तियार र सिआईबीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाए ।

उनले भने, ‘ललिता निवास प्रकरण होस् वा नक्कली भुटानी शरणार्थी प्रकरण होस् या सुन तस्करी प्रकरण नै किन नहोस्। जब जब केही नेताहरूको नाम अगाडि आउँछ। तब तब सिआईबीको गाडीमा ब्रेक लाग्छ। एमालेले राज्यका सम्पूर्ण निकायलाई सम्मान गर्छ। किनकि ती निकाय हामीले नै बनाएका हौं। तर सिआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिएको छैन। राजनीतिक दबाबले अदालत, अख्तियार र सिआईबीलाई काम गर्न दिएको छैन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भिकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु सरकारले सरुवा गर्दा आशंका पैदा भएको पनि उनले बताए । उनले भने, ‘यो सुनकाण्डमा पनि त्यस्तै त्यस्तै भयो, त्यसैले हामीले भन्यौं सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएको नै छैन । सीआईबीप्रति अविश्वास गरेको होइन, अदालतप्रति अख्तियारप्रति हामीलाई अगाध विश्वास छ । यी हामी सबैले बनाएको संस्था हुन्।’

ढिलै भए पनि सरकार सुन तस्करी प्रकरणको उच्चस्तरीयय छानबिन गर्न तयार हुनु सकारात्मक भएको भट्टराईले बताए।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:२०