२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

६० किलो सुन हेर्ने उच्चस्तरीय समितिको कार्यबिधि तय, सबै दलका नेता सिंहदरबारमा

४ भदौ, काठमाडौँ । ६० किलो सुन हेर्ने उच्चस्तरीय छानबिन समितिको कार्यबिधि तयार भएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको संयोजत्वमा बनेको कार्यदलले सुन हेर्ने समितिको कार्यबिधि टुंगो लगाएको छ ।

उक्त कार्यबिधी अहिले सबै दलका शीर्ष नेता सहभागी बैठकमा प्रस्तुत भैरहेको छ । कार्यदलमा कांग्रेसका रमेश लेखक र माओवादीका हितराज पाण्डे सदस्य रहेका थिए । एमालेले समितिको घोषणा नगरी संसद चल्न नदिने अडान लिएपछि बुधबार समितिको घोषणा गर्न लागिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानविन निष्कर्षमा नपुर्याउँदा सम्म समितिले त्यसलाइ प्रभावित गर्नेगरी केही काम नगर्ने बताइएको छ । अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । तस्बिरहरूः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२:०७