कुमारी बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
५ भदाै, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार अाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १७.६९ अंकले घटेर २०१५.९८ बिन्दुमा बन्द भएको छ । मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा कुमारी बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २८ करोड ५९ लाख १९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख ९३ हजार रुपैयाँ ,शिभम् सिमेन्ट्सको ४ करोड ६२ लाख ८५ हजार रुपैयाँ, सोल्टी होटलको ४ करोड १४ लाख ९ हजार रुपैयाँ र घोराही सिमेन्ट्स इन्डस्ट्रीको ३ करोड ६८ लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १५:१४












