१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

गोजी भरुवाको प्रभावमा प्रहरीका उच्च अधिकृतको सरूवाः राजेन्द्रसिंह भण्डारी

नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले डर छेरुवा, पानि मरुवा र गोजी भरुवाको प्रभावमा प्रहरीका उच्च अधिकृतको सरूवा भएको बताएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले विभिन्न प्रकरणमा राम्रो अनुसन्धान र नेतृत्व गरिरहेका प्रहरीको सरूवा गर्न सुरू गरेपछि  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख समेत रहेका भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले भनेका छन, ‘प्रहरी सरुवा: डर छेरुवा, पानि मरुवा र गोजी भरुवाको प्रभावमा परेको प्रहरीका उच्चतहका अधिकृतको सरुवाले दिनखोजेको संदेश बुझ्न खासै गार्हो छैन ! यो सर्ने, सार्ने र बिधि मार्नेले ल्याउन खोजेको परिणाम पनि अनुमानयोग्य नै छ ! जे होस् टेलर र फिल्मको नौटंकीको पनि दोहाबसान भयो, सिनेमा हलमा फेरि नयाँ फिल्म लाग्ने नै छ, धैर्य त गर्नै पर्यो !’

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १७:२५