२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

३ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरेर कुल १२ लाख १८ हजार ६७५ कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँ ६७ पैसा देखि अधिकतम ४७९ रुपैयाँ ०१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । सूचिकृत पश्चात उक्त कम्पनीको सेयर भोली सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : 12:11