सिद्धार्थ म्युचुअल फन्डका २ योजनाको लाभांश घोषणा
१ भदाै, काठमाडाैं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ। साउन ३२ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९/८०को लाभांश वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यी दुवै योजनाको लाभांश वितरणार्थ निकट भविष्यमै बुक क्लोजको मिति तय गरिने क्यापिटलले जनाएको छ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १०:२९












