सोल्टी होटलसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?
३२ साउन, काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.०१ अंकले बढेर दुई हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको हो । आज एक अर्ब ५४ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १३ करोड ६७ लाख ३६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आइएई लाइफ इन्स्योरेन्सको ७ करोड ७२ लाख ४७ हजार रुपैयाँ,घोराही सिमेन्ट इन्डस्ट्रीको ५ करोड ११ लाख ४८ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ४ करोड ३७ लाख ५९ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ३ करोड २१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:३१












