अपर तामाकोशीकाे हकप्रद निष्काशन मिति तय, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?
३२ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ १८ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कमपनीले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १० करोड ५० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन्।
प्रकाशित मिति : August 17, 2023 at 2:45 pm









