२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

लामो समयपछि भेटेका ओली र रावलबीच के-के भयाे कुराकानी ?

३० साउन, काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच झण्डै डेढ घण्टा छलफल भएको छ।लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता रावलले मंगलबार पार्टी अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । ओलीसँग भेटका लागि रावल एमाले पार्टी कार्यालय च्यासल पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले लामाे समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए । उनले भेटमा देश-विदेशकाे पछिल्लो अवस्थााबारे कुराकानी भएको बताए ।

उनले भने, ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र, आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो।’

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहाना विपरीत उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : August 15, 2023 at 7:11 pm