२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत

२९ साउन, काठमाडाैं । नेकपा एमालेको संगठन विभागको सचिवमा माधव ढुंगेल मनोनीत भएका छन् । साेमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको सचिवमा मनोनीत गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभाग सचिव गगन विष्टले बताए।

अनेरास्ववियुका पूर्वअध्यक्ष समेत भइसकेका ढुंगेल राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्ष बनेका थिए ।  ढुंगेल नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन् ।

प्रकाशित मिति : August 14, 2023 at 7:23 pm