१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेपाल र मलेसियाबीच बहुप्रतिक्षित श्रम सम्झाैतामा हस्ताक्षर

१२ कात्तिक, काठमाडाैँ । नेपाल र मलेसियाबीच बहुप्रतिक्षित  श्रम सम्झौतामा हस्ताक्षर भएकाे छ । साेमबार राजधानीकाे हायत हाेटलमा सम्झाैतामा नेपालका तर्फबाट  श्रममन्त्री गाेकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले हस्ताक्षर गरे ।

सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ । यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ । लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संसाधनमन्त्री आइतबार राति नेपाल अाएका थिए ।

प्रकाशित मिति : 11:50