२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गृहमन्त्री श्रेष्ठलाई नहटाए प्रचण्डलाई सत्ताच्यूत गर्नु अनिवार्य हुनेछः सूर्य थापा

२६ साउन, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्टन्टबाजी र पद दुबैको दिनगन्ती शुरू भएको दाबी गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै सांसद थापाले गृहमन्त्री श्रेष्ठलाई क्वीन्टल सुन तस्करी प्रकरणको संरक्षकको संज्ञा दिएका छन ।

थापाले गृहमन्त्री श्रेष्ठलाई नहटाए प्रधानमन्त्री प्रचण्डलाई सत्ताच्यूत गर्नु अनिवार्य हुने पनि उल्लेख गरेका छन । थापाले सामाजिक सञ्जालमा गरेको टिप्पणी जस्ताको त्यस्तै तल हेर्न सक्नुहन्छ ।

क्वीन्टल सुन तस्करी प्रकरणका संरक्षक गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्टन्टबाजी र पद दुबैको दिनगन्ती शुरू भएको छ! उनी राजीनामा गरेर नहटे वा नहटाइए पुष्पकमल दाहाललाई नै सत्ताच्यूत गरिनु अनिवार्य हुनेछ। तसर्थ: उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके। खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको तथ्य स्पष्ट भएको छ। सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ। काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ। खासमा जनमतबेगरका नारायणकाजी निर्लज्जतापूर्वक ‘उत्तर कोरिया’ र ‘पाकिस्तान’को मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको छ। उनले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ?
नैतिकहराम कदमको विचरा परिणाम।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार २२:५६