२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेको नाराबाजी र विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

२६ साउन, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरिन् ।

सांसद साह बोल्दाबोल्दै सत्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गरे । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गरे । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेपछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १४:००