श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन काठमाडौँमा
१२ कात्तिक, काठमाडाैँ । श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन काठमाडौं आइपुगेका छन । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न उनीआइतबार राती काठमाडौं आइपुगेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका प्रेस संयोजक मदन खनालले जानकारी दिए । उनलार्इ मन्त्रालयका सचिव महेश दाहाल लगायतले स्वागत गरेका थिए ।
अाज काठमाडौंमा हुने विशेष कार्यक्रममा नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदैछ । हिजो बसेको मन्त्रीपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई दिएको छ ।
सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ । यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०८:४४