९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

धितोपत्र बोर्डको कारबाहीमा सम्पन्न क्यापिटल, ताेकियाे १० लाख जरिवाना

२२ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई कारबाही गरेको छ। धितोपत्र बोर्डकाे गत साउन ११ गतेको निर्णयबमोजिम सम्पन्न क्यापिटललाई सम्पत्ति शुद्धीकरणको व्यवस्था मिचेकोमा कारबाही गर्दै १० लाख रुपैयाँ आर्थिक जारिवाना गरिएको हो।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम सम्पन्न क्यापिटललाई १० लाख रुपैयाँ जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ।

प्रकाशित मिति : August 7, 2023 at 4:28 pm