१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

धादिङकी लक्ष्मी परियारको  हत्यापछि फरार रहेका युवक  पोखराबाट पक्राउ

११ कात्तिक, काठमाडौं ।  धादिङकी लक्ष्मी परियारको  हत्यापछि फरार रहेका युवक पोखराबाट पक्राउ परेकाे छ । पत्नी  परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ का २२ वर्षका अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीकले जनाएकाे छ । प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १५:०८