१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

धादिङका माओवादी नेता श्रेष्ठसहित १२ जना जुवाखालबाट पक्राउ

१६ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेतासहित १२ जुवाडे पक्राउ परेका छन । काठमाडौंको नयाँ बसपार्कको एक गेष्टहाउसको जुवाखालबाट १२ जना पक्राउ परेका हुन । माओवादी केन्द्र धादिङका नेता समेत रहेका नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसहित १२ पक्राउ परेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

टोखा नगरपालिका– ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा आइतबार राति छापा मार्दा १२ जना जुवाडे पक्राउ परेका हुन । वडाध्यक्ष श्रेष्ठ ५ बर्षअघि पनि भक्तपुरमा जुवाखालबाट पक्राउ परेका थिए । उनीहरुबाट १० लाख ८२ हजार ५ सय रुपैयाँ पनि बरामद  भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठसँगै दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी पक्राउ परेका छन ।

त्यस्तै  बैतडीको दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल, बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी पनि पक्राउ भएका छन ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०८:५१