नेपाल र मलेसियाबीच भोलि श्रम सम्झाैता, मलेसियाली मन्त्री एम कुलासेगरन अाज काठमाडाैँ अाइपुग्दै
–पवित्रा मुडभरी
११ कात्तिक, काठमाडाैँ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन नेपाली कामदार लैजाने समझदारी (एमओयू)मा हस्ताक्षर गर्न यही अाज कात्तिक ११ गते ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल अाउँदैछन । मन्त्री कुलासेगरन नेतृत्वको टोली राति ११ बजे काठमाडाैँ अोर्लने श्रम मन्त्रालय स्रोतले जनाएको छ ।
दुई मुलुकबीच पहिलोपटक कामदारको विषयमा यही कात्तिक १२ गते (भोलि) राजधानीको हायात होटलमा समझदारीपत्रमा हस्ताक्षर हुँदै छ । सोमबार बिहान ९ बजेदेखि हायात होटलमै दुर्इ देशको मन्त्रीस्तरीय बैठकको अायोजना गरिएको छ भने बिहान ११ बजे समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि पत्रकार सम्मेलन मार्फत समझदारीको विषयमा जानकारी दिइने श्रम मन्त्रालय स्रोतले जनाएको छ ।
एमओयूको निर्देशनअनुसार प्राविधिक समितिले कामदार लैजाने विषय टुंगो लगाउने श्रम मन्त्रालयले जनाएको छ । एमओयूको मस्यौदामा केही साताअघि मलेसियामै समझदारी जुटेको थियो ।
सहमति अनुसार मलेसिया सरकारले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने छ । मलेसिया जाने कामदारसँग विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो । पछिल्लोपटक नेपालले उठाएका कामदारका मुद्दा सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेको र त्यसमा नेपाली पक्षको हितमा हुने गरी सम्झाैतामा सहमति जुटेको थियो ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदार विभिन्न अनधिकृत कम्पनीबाट ठगिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भिएलएन, जिएसजी, बायोमेट्रिक, आइएससीजस्ता कम्पनी खारेजीको जोखिमपूर्ण निर्णय लिनुभएको थियो । त्यसको विकल्प नहुँदा करिब ६ महिनादेखि नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका छैनन् ।
यो पनि पढ्नुहोस्
–नेपाल र मलेसियाबीच कामदार आपूर्तिमा भएको सहमति दुबै देशका लागि सुखदः मन्त्री विष्ट
प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १०:१०