२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

छुट्ला है ! भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

१४ साउन, काठमाडाैं ।भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले  स्थानीयका लागि जारी गरेकाे आईपीओमा आजसम्म अन्तिम दिन सकिनेछ ।

कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकका लागि गत साउन ७ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। स्थानीयले भने आजसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

स्थानीयले काठमाडाैंको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 30, 2023 at 10:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/