२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रसुवामा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासहित एक युवा पाँच विरुवा अभियान सुरू

१४ साउन, रसुवा । रसुवामा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासहित एक युवा पाँच विरुवा अभियान सुरू भएको छ । राष्ट्रिय युवा संघ नेपालको उत्तरगया गाउँ कमिटीले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासहित एक युवा पाँच विरुवा अभियान सुरू गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य प्रेम तामाङको उपस्थितिमा संघले शनिबारबाट यस्तो अभियान शुभारम्भ गरेको हो ।

राष्ट्रिय युवा संघकै मिसन नेक्स्ट इलेक्सन, टर्गेट न्यु जेनेरेशन अन्तर्गत यस्तो अभियान सञ्चालन गरिएको युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले जानकारी दिए । अभियान अन्तर्गत शनिबार उत्तरगया २ मा रहेको भाङ्गे झरना आसपासमा वृक्षारोपण गर्ने र डस्टबिन राख्ने काम सम्पन्न भएको छ । यो एक महिने अभियान रहेको र अन्य स्थानमा पनि वृक्षारोपण गर्ने र डस्टबिन राख्ने काम हुने पनि अध्यक्ष नगरकोटीले बताए ।

शनिबारको कार्यक्रममा झरना वरिपरि सरसफाइ समेत गरिएको छ । कार्यक्रममा एमाले केन्द्रिय सदस्य, प्रदेस कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरू, निर्वाचित जनप्रतिनिधि,राष्ट्रिय युवा संघका पूर्व वर्तमान नेताहरू लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ०८:५७