एनआइबीएल सहभागिता फण्डले घोषणा गर्यो लाभांश
१२ साउन, काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा गरेको छ । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।
फण्डले इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति समेत तय भएको छ । कम्पनीले साउन ११ गते बुक क्लोज भएको छ । यसको अर्थ सो मितिसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १२:०४