१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लघुवित्तबाट ठगीनुभयो ? समाधानका लागि राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

११ साउन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ।   राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीको गुनासो सुनुवाइका लागि अलग्गै डेस्क स्थापना गरेको जानकारी गराउँदै लघुवित्तसम्बन्धी गुनासो भए टिपाउन सूचित गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको वा तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेको ,उद्यम व्यवसाय गर्न असहयोग गरेका वा अन्य कुनै गुनासो भएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले त्यसबारे जानकारी गराउन पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ सार्वजनिक गरेको छ । त्यस्तै गुनासो दर्ता गर्ने अनलाइन पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत पनि खबर गर्न सकिने जानकारी गराएको छ ।

आफ्ना गुनासा बेलैमा दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : July 27, 2023 at 10:43 am