१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

काभ्रे जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते डिअाइजी सुशील भण्डारीको मृत्यु

१० कात्तिक, काभ्रे । काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । भण्डारी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अन्वेषण विभागमा कार्यरत रहेका थिए ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना हुँदा नेपाल डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 19:09