आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१० साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएकाे छ । आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार घटेसँगै आज मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ६.४९ प्रतिशत अर्थात १०३ रुपैयाँले घटेर १४८९ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड १, सिर्जनशील लघुवित्त, पिपल्स पावर कम्पनी लगायतकाको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १५:२७