बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
१० साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएकाे छ । आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । कम्पनीको यस दिन १५ करोड १२ लाख ५३ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड ४९ लाख २४ हजार रुपैयाँ, नेपाल पुर्नबीमा कम्पनीको ८ करोड ९३ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ६ करोड ९७ लाख ७९ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ८९ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १५:१८












