१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप

१० साउन, काठमाडाैं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। यो म्युचुअल फन्डका इकाइहरु गत साउन ५ गतेबाट बिक्री खुला गरिएको थियो। मागबमोजिम आवेदन नपरेको कारणले यो म्युचुअल फन्डमा अब साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्ड एक बन्दमुखी योजना हो।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 26, 2023 at 10:30 am